एशिया कपमा महिला जूनियर टोली तेस्रोपल्ट च्याम्पियन

IMG-20260913-WA0104

मोकी(चीन): भारतीय महिला जूनियर हकी टोलीले असाधारण प्रदर्शन गर्दै लगातार तेस्रोपल्ट एशिया कपको खिताब जित्यो। आइतवार खेलिएको फाइनलमा भारतले चीनलाई १-०-ले पराजित गऱ्यो। यस जीतको साथ भारतीय टोलीले जूनियर महिला हकी विश्व कपको निम्ति पनि क्वालीफाई गऱ्यो। भारतको निम्ति म्याचमा सानिका चन्द्रकान्तले एकमात्र गोल गरिन्, जुन अन्तमा निर्णायक साबित भयो। सानिकाले म्याचको १७औं मिनटमा एकमात्र गोल गरिन्। यसरी भारतले एशिया कपमा आफ्नो वर्चस्व कायम राख्दै खिताबी ह्याट्रिक पूरा गऱ्यो। म्याच शुरुदेखि नै उतार-चड़ाउले भरिएको रह्यो अनि अधिक पोजेशन राख्दै चीनले भारतमाथि दबाउ सृष्टि गर्ने प्रयास गऱ्यो। खिताब बचाउने दृढ़संकल्पको साथ खेल्ने भारतीय टोलीले पनि चाँड़ै गियर बदलिएर म्याचमा पुनरागमन गऱ्यो। भारतीय टोली पूरा टुर्नामेण्टमा अजेय रह्यो। फाइनलमा चीनलाई पराजित गर्न अघि भारतले सेमिफाइनलमा दक्षिण कोरियालाई ५-१-ले पराजित गरेको थियो। जूनियर टोलीको प्रदर्शनले खुशी भएर हकी इण्डियाले पनि नगद पुरस्कारको घोषणा गरेको छ। हकी इण्डियाले प्रत्येक खेलाड़ीका निम्ति ३ लाख रुपियाँ अनि सहयोगी स्टाफका प्रत्येक सदस्यको निम्ति १.५ लाख रुपियाँको नगद पुरस्कारको घोषणा गरेको छ।

About Author

Advertisement