यमनमा युद्धको कहर : घर छाड्नेको संख्या अधिक

dad989b3-e83f-422e-b3af-3e892c5e6bec

यमन :यमनमा चर्किएको सशस्त्र द्वन्द्वले युद्धको मैदानभन्दा बाहिर सर्वसाधारणको जीवनमा ठूलो असर पारेको छ। पछिल्लो समय घरबार छाडेर सुरक्षित स्थानतर्फ भाग्ने मानिसको संख्या तीव्र रूपमा बढेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार जुलाईमा हुथी समूहले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मात्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन्।सबैभन्दा चिन्ताजनक पक्ष विस्थापनको गति हो। पछिल्लो एक सातामै विस्थापित हुनेको संख्या झण्डै चार गुणाले बढेको राष्ट्रसंघले जनाएको छ।
सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीचको भिडन्त चर्किँदा सर्वसाधारण घर छाडेर सुरक्षित ठाउँ खोज्न बाध्य भएका छन्।अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० का अनुसार यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्त विस्थापनबाट सबैभन्दा बढी प्रभावित भएका छन्।ताइजमा मात्रै विभिन्न क्षेत्रमा करिब ८ हजार ३ सय परिवार अर्थात् करिब ५० हजार मानिस विस्थापित भएको रिपोर्टमा उल्लेख छ।
द्वन्द्व बढ्दै जाँदा यमनमा युद्धको असर अब गोली र भिडन्तमा मात्रै सीमित छैन। हजारौँ परिवारको घर, बास र सुरक्षित भविष्य नै संकटमा परेको छ।

About Author

Advertisement