सिलगढी। सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत माटिगाडा थाना पुलिसले गुप्त सूचनाका आधारमा कारबाही गर्दै चोरीका ६ वटा मोबाइल फोन बरामद गरी एक जनालाई पक्राउ गरेको छ।
पुलिसका अनुसार, १० सेप्टेम्बर २०२६ मा प्राप्त गुप्त सूचनाका आधारमा माटिगाडा पुलिसले दार्जिलिङ जिल्लाको नक्सलबारी थाना क्षेत्रअन्तर्गत सातभैया कलेज मोड निवासी शुभनील गोस्वामीलाई पक्राउ गरेको हो।

छापा मार्ने क्रममा उनको कब्जाबाट ६ वटा मोबाइल फोन बरामद गरी जफत गरिएको छ। सोधपुछका क्रममा अभियुक्तले ती मोबाइल फोनहरूको स्वामित्व वा खरिदबारे कुनै पनि वैध कागजात पेस गर्न सकेनन्।
पुलिसले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।





