प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान

IMG-20260901-WA0066

महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

काठमाडौं: सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन्।
आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो। प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन्।
उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकले २ सितम्बर, ३ सितम्बर र ७ सितम्बर कुन दिन उपयुक्त हुन्छ भनेर एउटा प्रस्ताव गरेको थियो। जसमा २ सितम्बर सभामुखकै तर्फबाट राष्ट्रिय विपद् बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने र सदनलाई चाँही सुचारु गर्ने त्यसपछाडि ३ सितम्बर अर्को बैठक बस्ने त्यसपछाडि तीन दिन सार्वजनिक बिदा छ। त्यसपछि ७ सितम्बरबाट सुरु गर्ने। सरकारले ७ सितम्बर राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ ८ सितम्बर सुरु हुनेछ।’
उनका अनुसार विशेष प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा धारणा राख्न दिने सहमति भएको छ। विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने व्यवस्था भने गरिएको छैन। प्रतिनिधिसभाको बैठक २-३ सितम्बर दुई दिन सञ्चालन हुनेछ। त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद् बैठक सितम्बर ७ देखि पुनः सञ्चालन हुने बताइएको छ।
सरकारले भदौ सितम्बर ७ राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ ८ सितम्बरदेखि सुरु हुने जानकारी परियारले दिए।

About Author

Advertisement