जलपाइगुढी: तृणमूल कंग्रेस (टीएमसी) नेतृत्वको जलपाइगुढी नगरपालिकाका अध्यक्ष सैकत चटर्जीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
केही दिनअघि नगरपालिकाका धेरैजसो काउन्सिलरहरूले अध्यक्ष चटर्जीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि तोकिएको समयसीमाभित्र अध्यक्षले बैठक नडाकेको आरोप लागेको थियो।
बैठक नडाकेपछि राज्यको नगरपालिका मामिला तथा सहरी विकास विभागले अध्यक्ष चटर्जीलाई स्पष्टीकरण (शो-कज) सोधेको थियो। उक्त राजनीतिक विकासक्रमलगत्तै सैकत चटर्जीले बिहीबार जलपाइगुढी नगरपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।









