काठमाण्डोंँ: प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको बिदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनील लम्सालसमेत सहभागी छन्।
उनीहरू आज बिहान साढे बजे सडकमार्गहुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, बिदुरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार रसुवाको भोटेकोसीहुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउना साथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्।
बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन्।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको बिदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने छन्।










