सालबाड़ी हाटमा पुलिसद्वारा मौज्दात र मूल्यको जाँच: ग्राहकहरूसँग संवाद

FB_IMG_1787760939878

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको इन्फोर्समेन्ट शाखाले प्रधाननगर थानाअन्तर्गत पर्ने सालबाड़ी हाटमा ग्राहकहरूसँग संवाद, मौज्दात सामग्रीको निरीक्षण र मूल्य जाँच अभियान सञ्चालन गरेको छ।
​उक्त कार्यक्रमका क्रममा प्रहरी टोलीले अत्यावश्यक वस्तुहरूको स्टक निरीक्षण गर्नुका साथै प्रचलित बजार मूल्यको प्रमाणीकरण गरेको थियो। बजारको अवस्था मूल्याङ्कन गर्न तथा निष्पक्ष व्यापार, पारदर्शिता र नियमहरूको पालना सुनिश्चित गराउन पुलिसले ग्राहक र व्यापारीहरूसँग सीधा कुराकानीसमेत गर्यो। नागरिकहरूको हितको रक्षा गर्दै निष्पक्ष, पारदर्शी र जवाफदेही बजार व्यवस्था निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको सिलीगुढी पुलिसले जनाएको छ।

About Author

Advertisement