सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत एनजेपी थाना क्षेत्रमा पर्ने ब्याटालियन मोड बजारमा पुलिसको इन्फोर्समेन्ट ब्रान्च (ईबी) ले विशेष बजार अनुगमन तथा ‘ग्राहक संवाद कार्यक्रम’ सम्पन्न गरेको छ।
अनुगमनका क्रममा पुलिस टोलीले बजारमा उपभोग्य तथा अत्यावश्यक खाद्य वस्तुहरूको मौज्दात र वर्तमान मूल्यको प्रत्यक्ष जाँच गरेको थियो। त्यसैगरी बजारको वास्तविक स्थिति बुझ्न, निष्पक्ष व्यापारिक अभ्यासलाई प्रवर्द्धन गर्न, पारदर्शिता कायम राख्न र उपभोक्ता संरक्षणसम्बन्धी नियमहरूको पालना गराउन टोलीले स्थानीय व्यापारी तथा उपभोक्ताहरूसँग छलफल र मतविनिमय गरेको थियो।
सर्वसाधारण र उपभोक्ताको हक-हितको संरक्षण गर्दै बजार व्यवस्थालाई निष्पक्ष, पारदर्शी र जबाफदेही बनाउन सिलगढी पुलिस सधैँ प्रतिबद्ध रहेको जनाइएको छ।










