केनरा बैंकद्वारा रु १.६९ करोडभन्दा बढीको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

4b0c2e1f-fc67-48bf-9c1d-4b99e2e22a02

काेलकत्ता: केनरा बैंकको कोलकाता अञ्चल कार्यालयले ८०औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक उत्तरदायित्व तथा समावेशी विकासमा केन्द्रित भई विशेष कार्यक्रम सम्पन्न गरेको छ।
​पश्चिम बंगाल सरकारका विद्यालय शिक्षा विभागका अतिरिक्त मुख्य सचिव विनोद कुमारको प्रमुख आतिथ्य तथा क्यानरा बैङ्कका महाप्रबन्धक एवं कोलकाता अञ्चल प्रमुख मनोज कुमार मीनाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो। स्वतन्त्रता दिवसको अवसरमा बैंकले शिक्षा, बालिका कल्याण तथा ग्रामीण विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरू अघि बढाएको छ।
​बैङ्कले आर्थिक रूपमा विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले रु ८५,१९,००० बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ। यसैगरी ग्रामीण क्षेत्रका विद्यालयहरूमा सुरक्षित तथा सफा वातावरण निर्माणका लागि बालिका शौचालय निर्माण गर्न रु १४,००,००० रकम प्रदान गरिएको छ। ग्रामीण क्षेत्रको समग्र विकास र आधारभूत सुविधा विस्तारका लागि बैङ्कले एउटा गाउँ गोद लिँदै त्यसका लागि रु ७०,००,००० विनियोजन गरेको छ। यी पहलहरूले शिक्षा, सशक्तीकरण र समावेशी विकासमार्फत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

About Author

Advertisement