लागूऔषध कारोबारमा जोडिएको अचल सम्पत्ति पुलिसद्वारा फ्रिज

IMG-20260813-WA0080

सिलगढी: लागूऔषध कारोबार सम्बन्धी गतिविधिमा संलग्न सम्पत्तिविरुद्ध कडा कदम चाल्दै सिलगढी प्रहरीले एक अचल सम्पत्ति फ्रिज (रोक्का) गरेको छ।
​माटीगाडा थानामा दर्ता भएको मुद्दा नम्बर ३०१/२०२६ (मिति २३.०५.२०२६) र लागूऔषध (एनडीपीएस) ऐन, १९८५ अन्तर्गत पुलिसले सो कारबाही गरेको हो। प्रहरीले १८.०७.२०२६ मा जारी गरेको रोक्का आदेशलाई कोलकातास्थित सक्षम अधिकारी तथा प्रशासक (कम्पीटेंट अथॉरिटी एंड एडमिनिस्ट्रेटर)ले एनडीपीएस ऐन, १९८५ को दफा ६८ एफ (२) बमोजिम ११.०८.२०२६ मा प्रमाणीकरण गरेका हुन्।
​रोक्का गरिएको सम्पत्ति दार्जिलिङ जिल्लाको माटीगाडा थाना अन्तर्गत मोजा गुरियाजोतस्थित मोदी पब्लिक स्कूल पछाडि रहेको मोहम्मद बेलालको निर्माणाधीन दुई तले भवन हो। आदेश प्रमाणीकरण भएसँगै सक्षम अधिकारीको पूर्व अनुमतिविना सो सम्पत्ति बिक्री गर्न, हस्तान्तरण गर्न, धितो राख्न, भाडामा दिन वा कुनै पनि तेस्रो पक्षको अधिकार सिर्जना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
​’लागूऔषधमुक्त सिलीगुडी’ अभियानलाई सार्थक बनाउन अवैध औषधिको कारोबारबाट आर्जित सम्पत्ति खोजी गरी कानूनी कारबाही गर्न सिलीगुडी पुलिस प्रतिबद्ध रहेको जनाइएको छ।

About Author

Advertisement