दिलीप गावित र मोहम्मद बासिलले जिते स्वर्ण र रजत पदक

0171130c-477d-4779-be7e-6eaf265f3298

ग्लास्गो: राष्ट्रमण्डल खेलहरू २०२६-मा भारतीय प्यारा एथलीटहरूले इतिहास रचे। पुरुषहरूका १०० मीटर टी४७ स्पर्धाको फाइनलमा दिलीप महादू गावितले स्वर्ण र मोहम्मद बासिल मोर्सिंगनाकाथले रजत पदक जितेर भारतलाई ऐतिहासिक १-२ फिनिश दिलाए। यो राष्ट्रमण्डल खेलहरू २०२६-मा प्यारा एथलेटिक्समा भारतको दोस्रो पोडियम डबल हो। दिलीप गावितले असाधारण प्रदर्शन गर्दै १०.७१ सेकेण्डमा रेस पूरा गरे, जुन यस सीजनमा उनको सर्वश्रेष्ठ प्रदर्शन हुनको साथै राष्ट्रमण्डल खेलहरूको नयाँ रेकर्ड पनि हो। यसरी मोहम्मद बासिलले १०.८३ सेकेण्डमा दौड़ पूरा गरी दोस्रो स्थानमा रहेर रजत पदक जिते। ईंग्ल्याण्डका केविन सेण्टोसले १०.८५ सेकेण्डको समयसहित काँस्य पदक हासिल गरे। दिलीप दावितको मुख्य स्पर्धा ४०० मीटर हो तर यसपाली राष्ट्रमण्डल खेलहरूमा यस स्पर्धालाई सामेल गरिएको छैन। यसैकारण उनले १०० मीटरमा चुनौती पेश गर्ने फसेला गरे अनि इतिहास रच्दै स्वर्ण पदक जिते। यो ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारतको तेस्रो स्वर्ण पदक हो। यसअघि मीराबाई चानूले महिलाहरूकी ४८ किग्रा वर्गको भारोत्तोलनमा अनि शर्मिला ढांकरले महिलाहरूकी शट्पुट एफ५७ स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्। उल्लेखनीय छ, टी४७ वर्ग ती प्यारा एथलीटहरूका निम्ति हुन् जसको शरीरको कुनै एउटा हात या माथिल्लो अंगको अनुपस्थिति या त्यसको कार्य क्षमतामा मध्यम स्तरसम्मको कमी हुन्छ। यस श्रेणीका खेलाड़ीहरूले ट्र्याक एण्ड फील्ड स्पर्धाहरूमा हिस्सा लिन्छन्।

About Author

Advertisement