ग्लास्गो: भारतका युवा भारोत्तोलक वल्लुरी अजय बाबूले असाधारण प्रदर्शन गर्दै राष्ट्रमण्डल खेलहरू २०२६-मा पुरुषहरूका ७९ किग्रा भार वर्गमा रजत पदक जिते। एक्काईस वर्षीय अजय बाबूरे जम्मा ३३० किग्रा ओजन उठाएर २ वटा राष्ट्रमण्डल खेलहरूको रेकर्ड बनाए। उनी केवल १ किग्रा ओजनले गर्दा स्वर्ण पदक जित्नदेखि चुके। मलेशियाका एरी हिदायत मुहम्मदले ३३१ किग्रा ओजन उठाएर स्वर्ण पदक हासिल गरे। आन्ध्र प्रदेशको विजयनगरम निवासी अजय बाबूले स्न्याचमा १४९ किग्रा अनि क्लीन एण्ड जर्कमा १८१ किग्रा ओजनको साथ जम्मा ३३० किग्रा ओजन उठाए। उनले दुवै वर्गमा राष्ट्रमण्डल खेलहरूको रेकर्ड आफ्नो नाम गरे तर मलेशियाका एरी हिदायत मुहम्मदले क्लीन एण्ड जर्सको अन्तिम प्रयासमा १८४ किग्रा ओजन उठाएर जम्मा ३३१ किग्रा ओजनको साथ नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जिते। ईंग्ल्याण्डका क्रिस मरेले जम्मा ३२५ किग्रा ओजन उठाएर काँस्य पदक हासिल गरे। स्वर्ण पदकको निम्ति प्रतिस्पर्धा निक्कै रोचक रह्यो। हिदायतले पहिला क्लीन एण्ड जर्कमा १८१ किग्रा ओजन उठाएर रेकर्ड बनाए तर अजय बाबूले आफ्नो अन्तिम प्रयासमा त्यही ओजनलाई सफलतापूर्वक उठाएर रेकर्ड आफ्नो नाम गरे। मलेशियाई खेलाड़ीले पनि आफ्नो अन्तिम प्रयासमा १८४ किग्रा ओजन उठाएर रेकर्ड तोड़्नको साथै स्वर्ण पदक पक्का गरे। स्न्याच राउण्डमा अजय बाबूूले १४५ किग्रा ओजनको सफल प्रयासको साथ शुरुवात गरे। दोस्रो प्रयासमा १४९ किग्रा ओजन उठाउन असफल भए पनि तेस्रो प्रयासमा त्यही ओजनलाई सफलतापूर्वक उचालेर नयाँ राष्ट्रमण्डल खेलहरूको रेकर्ड बनाए। स्न्याचपछि उनी ईंग्ल्याण्डका क्रिस मरे (१४८ किग्रा) र मलेशियाका हिदायत (१४७ किग्रा) भन्दा अघि रहेका थिए। अजय बाबूको रजत पदकको साथ राष्ट्रमण्डल खेलहरू २०२६-मा भारोत्तोलनमा भारतको असाधारण प्रदर्शनको क्रम जारी रह्यो। भारतीय भारोत्तोलकहरूले यस खेलमा ६ वटा पदक जितिसकेका छन्।









