प्रधानमन्त्रीको भ्रमणका बेला स्कुटर चोरी गर्ने युवक पक्राउ, चोरीको स्कुटर बरामद

FB_IMG_1784053979501

सिलगढी: गत अप्रिल महिनामा भारतीय प्रधानमन्त्रीको सिलगढी भ्रमणका बेला स्कुटर चोरी गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिलिगुढी पुलिस कमिसनरेट अन्तर्गतको न्यू जलपागुढी (एनजेपी) थाना पुलिसले चोरीको स्कुटरसहित २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो।
​गत १२ अप्रिल २०२६ मा प्रधानमन्त्रीको भ्रमणका क्रममा कावाखाली मैदानबाट एक स्कुटर चोरी भएको उजुरी परेपछि पुलिसले अनुसन्धान सुरु गरेको थियो। यसै क्रममा एनजेपी थानाका एएसआई खगेन बर्मन नेतृत्वको विशेष टोलीले गोप्य सूचनाको आधारमा एनजेपी थाना अन्तर्गतकै अम्बिकानगर निवासी गणेश घोषलाई पक्राउ गरेको हो।
​प्रहरीले अभियुक्तको साथबाट चोरी भएको स्कुटरसमेत बरामद गरेको छ। पक्राउ परेका घोषमाथि चोरीको मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

About Author

Advertisement