​असम: राज्यकाे समृद्धि र सामाजिक सद्भावका लागि मुख्यमन्त्री सरमाद्वारा विभिन्न सङ्घ-संस्थासँग छलफल​

FB_IMG_1783946736069

गुवाहाटी: ​असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले राज्यको सन्तुलित विकास र सामाजिक सद्भावलाई सुदृढ बनाउन विभिन्न सामाजिक तथा विद्यार्थी सङ्गठनहरूसँग बृहत् छलफल गर्नुभएको छ। जनसेवाको निरन्तर यात्रामा राज्यका विभिन्न सङ्घ-संस्थाको सक्रिय सहयोग, रचनात्मक सुझाव र जनकल्याणप्रतिको प्रतिबद्धता सरकारका लागि सधैँ प्रेरणाको स्रोत रहेको मुख्यमन्त्री सरमाले उल्लेख गर्नुभएको छ।​सोमबार असम विधानसभास्थित मुख्यमन्त्रीको कार्यालयमा अखिल टाइ आहोम छात्र सङ्घ (आटासु), टाइ आहोम युवा परिषद् (ताइपा), रामकृष्ण मिसन र अखिल असम चेस (दबा) सङ्घ लगायतका विभिन्न सामाजिक, धार्मिक तथा खेलकुद सङ्गठनका प्रतिनिधिहरूसँग मुख्यमन्त्रीले सामूहिक एवं व्यक्तिगत रूपमा अन्तर्क्रिया गर्नुभएको हो।​भेटघाट र छलफलका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै मुख्यमन्त्री सरमाले असमको सर्वाङ्गीण विकास, आपसी भाइचारा र जनहितका विविध पक्षमा केन्द्रित रहेर गहन विचार-विमर्श भएको जानकारी दिनुभएको छ। यस किसिमको रचनात्मक संवाद र सकारात्मक सुझावहरूले आगामी दिनमा सरकार र नागरिक समाजबीच आपसी समन्वय तथा सहकार्यको नयाँ मार्ग प्रशस्त गर्ने बलियो विश्वास मुख्यमन्त्री सरमाले व्यक्त गर्नुभएको छ।

About Author

Advertisement