आसाम: १ करोड मूल्य बराबरको लागुऔषध बरामद: दुई तस्कर पक्राउ

36a4066c-4edb-4073-8e0d-a7af149f80d2

गुवाहाटी: लागुऔषध तस्करी विरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेको आसाम पुलिसले श्रीभूमि जिल्लामा एक ठूलो सफलता हात पारेको छ। पुलिसले झण्डै १ करोड भारतीय रुपैयाँ बजार मूल्य बराबरको १० हजार थान प्रतिबन्धित ‘याबा’ ट्याब्लेटसहित दुई जना लागुऔषध तस्करलाई पक्राउ गरेको छ।
​यस सफल कारबाहीको जानकारी दिँदै आसामका मुख्यमन्त्री हिमन्त विश्व सरमाले सामाजिक सञ्जालमा प्रहरी टोलीको प्रशंसा गरेका छन्। मुख्यमन्त्री सरमाले कारबाहीका केही तस्बिरहरू साझा गर्दै चर्चित वेब सिरिज ‘ब्रेकिङ ब्याड’ को प्रसङ्ग जोडेर व्यङ्ग्यात्मक रूपमा लेखेका छन्, “ब्रेकिङ ब्याड? आसाममा चल्दैन। लागुऔषध तस्करहरूले यहाँ आफ्नो आपराधिक धन्दाको अर्को शृङ्खला (सिक्वेल) सुरु गर्न नपाउने कुरा आसाम पुलिसले सुनिश्चित गरिरहेको छ।”
​प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा श्रीभूमि पुलिसले चलाएको आकस्मिक चेकिङका क्रममा उक्त परिमाणको लागुऔषध बरामद भएको हो।
पक्राउ परेका आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको छ। मुख्यमन्त्री सरमाले प्रदेशलाई पूर्ण रूपमा लागुऔषधमुक्त बनाउन ‘आसाम अगेन्स्ट ड्रग्स’ अभियान अन्तर्गत यस्ता कडा कारबाहीहरू निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

About Author

Advertisement