जमीनी स्तरमा सङ्गठन बलियो बनाउने निर्णय
ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको विशेष उपस्थितिमा शुक्रबार भारतीय जनता पार्टी (भाजपा) को एक महत्त्वपूर्ण साङ्गठनिक समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका प्रदेश अध्यक्ष कलिङ मोयोङ र पूर्व सांसद विनोद सोनकरको समेत प्रमुख उपस्थिति रहेको थियो।
बैठकमा राज्य सरकारका माननीय मन्त्रीहरू, विधायकहरू र जिल्ला परिषद अध्यक्षहरू लगायत वरिष्ठ नेता तथा कार्यकर्ताहरूको ठुलो सङ्ख्यामा सहभागिता थियो।
समीक्षा बैठकमा पार्टीका विभिन्न साङ्गठनिक गतिविधिहरू र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको छ। मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बैठकमा पार्टीलाई तृणमूल (ग्रासरुट) स्तरमै थप सुदृढ र गतिशील बनाउने रणनीति तय गरिएको बताउनुभएको छ।
जनताको सेवाका लागि आपसी समन्वय, व्यापक जनसम्पर्क (पब्लिक आउटरिच) र सामूहिक प्रयासलाई बढावा दिँदै अघि बढ्ने निर्णय बैठकले गरेको छ।









