जन्मजयन्ती मनाउन लिखित प्रस्ताव दर्ता
काेलकाता: डा. श्यामाप्रसाद मुखर्जीको बलिदान दिवसका अवसरमा विधानसभा सचिवालयमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियाे।
विधानसभा भवनभित्र आयोजित उक्त श्रद्धाञ्जली सभामा दिवंगत नेता मुखर्जीको संस्मरण गर्दै उनको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो।
यसैबीच, डा. मुखर्जीको आगामी जन्मजयन्तीलाई विधानसभा परिसरमा औपचारिक रूपमा मनाउन र उनले विभिन्न समयमा दिएका महत्वपूर्ण भाषण एवं वक्तव्यहरूको सँगालो (संकलन) प्रकाशन गरियोस् भनी एक लिखित प्रस्ताव समेत राज्य पर्यटन मंत्री डा. शंकर घोषद्वारा दर्ता गराइएको छ। राष्ट्रिय एकता र संसदीय अभ्यासमा डा. मुखर्जीले पुर्याएको अतुलनीय योगदानलाई भावी पुस्तासम्म पुर्याउन यो पहल गरिएको प्रस्तावकले जनाएका छन्।










