
यसै उद्देश्यका साथ माननीय प्रधानमन्त्री मोदीले किसानहरूका लागि दुई महत्त्वपूर्ण पहल शुरु गरिरहेका छन्। पहिलो हो, प्रधानमन्त्री किसान समृद्धि केन्द्र (पीएमकेएसके), जुन एउटै छानामुनि विभिन्न सुविधाले युक्त अनौठो मोडल उर्वरक खुद्रा बिक्री केन्द्र हुनेछ। दोस्रो हो, प्रधानमन्त्री भारतीय जन उर्वरक परियोजना, जसलाई “एक राष्ट्र, एक उर्वरक”को अवधारणा अनुरूप शुभारम्भ गरिनेछ, जस अन्तर्गत सबै प्रकारका प्रमुख उर्वरकका लागि सिङ्गल ब्राण्ड “भारत” उपयोग गरिनेछ।
६ सय प्रधानमन्त्री किसान समृद्धि केन्द्र (पीएमकेएसके) एउटै छानामुनि उचित मूल्यमा ऊर्वरक, बिउ-बिजन, कीटनाशक जस्ता सबै गुणस्तरीय कृषि सम्बन्धी सामग्रीका साथ किसानहरूका लागि “वान स्टप शप”को रूपमा यसले काम गर्नेछ। यसका साथै यी केन्द्रहरूमा झारपात नाशक, कीटनाशक, बिउ-बिजन अनि लघु कृषि उपकरण जस्तै फरूवा-कोदालो, हँसिया-कचिया, स्प्रेयर आदि पनि उपलब्ध हुनेछ। पीएमकेएसकेअन्तर्गत तरल उर्वरक अनि कीटनाशक छर्कन ड्रोनसहित ठूला वा ससाना कृषि उपकरण भाडामा लिनका लागि कस्टम हायरिङ केन्द्रहरूलाई पनि लिङ्केज प्रदान गरिनेछ। यी केन्द्रहरूले उर्वरकको सन्तुलित उपयोगका साथसाथै नवीनतम अनि सर्वोत्तम कृषि प्रौद्योगिकी अनि प्रथाहरूमा किसानहरूबीच जागरूकता सिर्जना गर्नका लागि जानकारी साझा गर्ने इन्टरएक्टिभ प्लेटफर्म पनि प्रदान गर्नेछन्। पीएमकेएसकेअन्तर्गत देशका विद्यमान ३.३ लाख उर्वरक पसलहरूलाई परिवर्तित वा नयाँ स्थापित गरिनेछ।
‘केभीकेका कृषि वैज्ञानिक अनि कृषि विशेषज्ञहरूले खुद्रा बिक्रेताहरूलाई उर्वरकको सन्तुलित प्रयोगका लागि प्रोत्साहन, जैविक मलको उपयोग अनि फाइदासित जोडिएका जानकारी, जैविक मल, नयाँ युगका उर्वरक समाधान जस्तै नेनो उर्वरक आदिबारे खुद्रा बिक्रेताहरूलाई नियमित रूपमा प्रशिक्षित गरिनेछ‘
पीएमकेएसकेले ग्राम स्तरमा किसानहरूलाई फसलसँग सम्बन्धित पाठ्य सामग्री, माटोको मलिलोपन मानचित्र, सरकारी अधिकारीहरूका सन्देश तथा भण्डारण स्थिति, सब्सिडी अनि एमआरपी आदिको सुविधा पनि प्रदान गर्नेछ। ग्राम स्तरमा पाइने सुविधाहरूका अतिरिक्त, महकुमा स्तरका केन्द्रमा नयाँ युगका उर्वरक अनि सरकारी योजनाहरूका सम्बन्धमा हेल्प डेस्क, फसल सम्बन्धी परामर्श अनि दूरभाष परामर्श, क्युआर कोड/ बार कोड स्क्यानर, साझा सेवा केन्द्र, माटो परीक्षणको सुविधा तथा बिउ-बिजनको नमूना सङ्ग्रह, कीटनाशक परीक्षण, स्प्रेयर, डस्टर तथा ड्रोनको निम्ति कस्टम हायरिङ, मण्डीको मूल्य अनि मौसमको स्थितिबारे जानकारी जस्ता सुविधा उपलब्ध गराइनेछ।
महकुमा स्तरमा पाइने सुविधाका अतिरिक्त, जिल्ला स्तरका केन्द्रहरूमा सम्पूर्ण उत्पाद शृङ्खलाको प्रदर्शन, बैठकका लागि व्यापक व्यवस्था, माटो, बिउ-बिजन अनि कीटनाशकका लागि परीक्षण सुविधा, खुद्रा बिक्रेता तथा साझा सेवा केन्द्रको क्षमता निर्माणका साथ व्यापक रूपमा सबै सुविधा उपलब्ध गराइनेछ। पीएमकेएसकेअन्तर्गत खुद्रा बिक्रेताहरूलाई जानकारीका साथ सशक्त बनाउनका लागि प्रत्येक ६ महिनामा खुद्रा बिक्रेताहरूलाई प्रशिक्षित गरिनेछ। केभीकेका कृषि वैज्ञानिक अनि कृषि विशेषज्ञहरूले खुद्रा बिक्रेताहरूलाई उर्वरकको सन्तुलित प्रयोगका लागि प्रोत्साहन, जैविक मलको उपयोग अनि फाइदासित जोडिएका जानकारी, जैविक मल, नयाँ युगका उर्वरक समाधान जस्तै नेनो उर्वरक आदिबारे खुद्रा बिक्रेताहरूलाई नियमित रूपमा प्रशिक्षित गरिनेछ।
‘अब देशमा बेचिने सबै प्रकारका प्रमुख उर्वरकका लागि सिङ्गल ब्राण्ड “भारत युरिया”, “भारत डीएपी”, “भारत एमओपी” र “भारत एनपीके”को रूपमा बिक्री गरिनेछ‘
प्रगतिशील किसानहरूका सफलतालाई पनि आईसीटीको सहयोगद्वारा किसानहरूबीच व्यापक रूपमा साझा गरिनेछ। कृषि सामग्रीमा प्रगति, नवीनतम कृषि प्रविधि, मौसम पूर्वानुमान, फसलमा कीरा लाग्ने सम्भावनाबारे चेतावनी, मण्डीको दर आदिको ताजा जानकारी पनि प्रसारित गरिनेछ। अर्को क्रान्तिकारी योजना हो पीएम जन उर्वरक परियोजना, जसलाई “एक राष्ट्र, एक उर्वरक” भनिनेछ। अब देशमा बेचिने सबै प्रकारका प्रमुख उर्वरकका लागि सिङ्गल ब्राण्ड “भारत युरिया”, “भारत डीएपी”, “भारत एमओपी” र “भारत एनपीके”को रूपमा बिक्री गरिनेछ। यसको मुख्य कारण हो कुनै विशेष श्रेणीको उर्वरकमा उर्वरक नियन्त्रण आदेश अन्तर्गत निर्धारित विनिर्देशहरू अनुसार समान पोषक तत्त्व हुनुपर्नेछ, एउटा खास प्रकारको उर्वरकका लागि विभिन्न ब्राण्डमा कुनै उत्पाद विषमा हुनेछैन। उदाहरणका लागि डीएपीमा समान मात्रामा पोषक तत्त्व हुनुपर्नेछ, चाहे त्यो कुनै एउटा कम्पनीले उत्पादन गरेको होस् वा अन्य कुनै कम्पनीले। “एक राष्ट्र, एक उर्वरक” सरकारको अहिलेसम्मको सबैभन्दा ठूलो कदम हुनेछ, जसले किसानहरूलाई ब्राण्ड विशिष्ट रोजाईको भ्रम अन्त्य गर्न सहयोग गर्नेछ, कारण सबै युरिया ब्राण्डमा ४६ प्रतिशत एन अनि सबै डीएपी ब्राण्डमा १८ प्रतिशत एन र ४६ प्रतिशत पी हुनेछ।
किसानहरू प्रायः नै यस तथ्यबारे अञ्जान हुँदछन् र त्यस क्षेत्रमा कम्पनीहरूद्वारा विकसित व्यापक विपणन रणनीति अनि विस्तृत खुद्रा बिक्रेता नेटवर्कको परिणामस्वरूप केही ब्राण्ड मात्र रोज्न पुग्दछन्। तर यस्ता ब्राण्डमाथिको प्राथमिकताको परिणामस्वरूप किसानहरूलाई उर्वरकको आपूर्तिमा विलम्ब हुने गरेको र लामो दूरीबाट परिवहन गर्नुपर्ने हुँदा माल ढुवानीको सब्सिडी बढ्दै राजकोषमाथि अतिरिक्त भार पर्न जाने गरेको पाइएको छ। भारतले एक अर्बभन्दा धेरै जनसङ्ख्याका लागि खाद्य अनि पोषण सुरक्षा सुनिश्चित गर्नका लागि कृषि उत्पादन अनि उत्पादकतामा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। आत्मनिर्भरता प्राप्त गर्ने शानदार सफलताले, उर्वरक, बिउ-बिजन, कीटनाशक, झारपातनाशक आधि जस्ता गुणस्तरीय कृषि वस्तु समयमा आपूर्तिमा योगदान दिने गर्दछ। पीएमकेएसके अनि “एक राष्ट्र, एक उर्वरक” दुवै पहलको उद्देश्य किसानहरूलाई सस्तो मूल्यमा उर्वरक अनि अन्य कृषि सेवाहरू सजिलै उपलब्ध हुने सुनिश्चित गर्दै कृषि उत्पादनमा वृद्धि गर्नु र सन्तुलित पोषक तत्त्वको प्रयोगलाई प्रोत्साहित गर्नुरहेको छ, जुन सतत कृषि विकास अनि किसानहरूको समृद्धिका लागि आवश्यक छ। -पीआईबी