पोखरा :भारतीय पर्यटक आउँदा आफैं बाटामा पकाएर खान्छन् , भाँडाकुँडा बोकेर आउँछन् भन्ने केही मानिसका भनाइलाई सम्बोधन गर्दै पोखराका मेयर धनराज आचार्य भन्छन् – “यो हाँसी मजाक गर्ने काम नगर्नुस् । भारतीय पर्यटकहरूलाई हेलाँ होचो गर्ने काम नगर्नुस् । तपाईँ हाम्रा बा आमाहरू पनि तीर्थ जाँदा खेरि चोखो खाने भएर आफै पकाएर खान्छन् । अनि केही २ -३ % पर्यटकले यहाँ बाटोमा पकाएर खायो भनेर तपाईँ हेला होचो गर्ने ? उहाँहरूले किन्ने कुरा त यहीँ किन्नुभएको छ नि । त्यसो भएको हुनाले नियमन गर्ने काम हाम्रो होला ! कतिपय कुनै सम्प्रदायका मान्छे हुन्छन्, लसुन प्याज राखेको नखाने होला । अरू केही होला । त्यस कारणले गर्दाखेरि यो छुट्टै पकाएर खाएको आदि कुरालाई चाहिँ त्यस्तो ठुलो विषय चाहिँ नबनाऊँ ।”










