बिमल लामाकृत तथा शमीक चक्रवर्तीद्वारा अनुवादित ‘नुनको चिया’ उपन्यासको लोकार्पण

SAVE_20221018_102759.jpg

गोरुबथान:२०१२ सालमा नै बिमल लामाले बंग्लामा लेखेको उपन्यास हो नुनको चिया। यस उपन्यासको बंग्ला नाम नुन चा हो। त्यसपछि समीक चक्रवर्तीले नेपालीमा यसको अनुवाद गरेका हुन्। लोकार्पणको कार्यक्रमको क्रममा सोमवार गोरुबथानको माल बस्ती यु सि एन आइ चर्चको मल्टी प्रपोज हलमा गुमानसिंह राईको सभाअध्यक्षतामा भव्य कार्यक्रमबीच यसको लोकार्पण भएको थियो। यस कार्यक्रममा अतिथिको रुपमा उपन्यासको मुल लेखक बिमल लामा उहाँकी सहधर्मिणी, अनुवादक समिक चक्रवर्ती, विलियम फिपन सोल्टी, रतन थापा सभासद ४३ नम्बर समष्टि,गोबिन परियार, सुरेन्द्र थिङ आदि रहेका थिए। यस कार्यक्रममा मङ्पु, डुवर्स तथा टाडाटाडाबाट धेरै साहित्यनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो। अतिथीगणको बाहुलीबाट द्वीप प्रज्वलन गरेर शुरु गरेका कार्यक्रममा स्वागत भाषण कार्यक्रम आयोजक हेलो वेभका सदस्य शिशिर चन्द्र राईले राखेका थिए। ओमकार राईले आफ्नो सुमधुर स्वरमा स्वागत गीत राखिसकेपछि मङ्पुका कवियत्री प्रमिला मुखियाले मीठो कविता सुनाएर दर्शक दीर्घालाई मुग्ध पारिन्।

यसपछि अतिथीणको बाहुलीबाट पुस्तकको विधिवत लोकार्पण गरियो भने गोबिन परियारले यस पुस्तकको लोकार्पणको घोषणा गरे। मङपुबाट आउनु भएका साहित्यकार सुरेन्द्र थिङले यस पुस्तक समबन्धि गहकिलो वक्तव्य राखे। सन्त फ्रान्सिस अशिशी विद्यालयको छात्रा अपेक्षा तामाङले पारिजातको कविता वाचन गरेकी थिइन। उपन्यासको मूल लेखक बिमल लामाले आफ्नो सम्बोधनमा उपन्यासबारे धेरै जानकारीहरु दिए। युद्धवीर उच्चतर माध्यमिक विद्यालयका छात्रा प्रियंका प्रधानले सुमधुर स्वरमा गीत प्रस्तुत गरेका थिए। यसैगरी कार्यक्रममा धेरै अतिथीहरुले आ-आफ्नो वक्तव्यमा उपन्यासको महत्व बारे बोलेका थिए। यस कार्यक्रमका मूल संयोजक सितम मोक्तानले धन्यबाद ज्ञापन गरेका थिए भने सम्पुर्ण कार्यक्रमको सन्चालन हेलो वेभका सदस्य सन्जय प्रधानले गरेका थिए। अन्तमा दिवसीय सभापति गुमानसिंह राईले आफ्नो विचार राख्दै सभा बर्खास्तको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement