सिलगढी: भारत सरकारका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत बिहीबार बिहान बागडोगरा विमानस्थल आइपुगेका छन्। विमानस्थलमा सिक्किम सरकारकी अतिरिक्त सचिव (गृह प्रोटोकल) शर्मिष्ठा प्रधान, बागडोगरा पर्यटन विभागका अधिकारीहरू तथा अन्य वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत गरेका थिए।
केन्द्रीय मन्त्री शेखावत दुईदिने (२८ र २९ मे) सिक्किम भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा उहाँले विभिन्न समीक्षा बैठकहरूमा सहभागिता जनाउनुका साथै सोरेङ जिल्लाको जिल्ला प्रशासन, स्थानीय युवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

यसै क्रममा उहाँले श्रीबादामस्थित ट्राउट फार्मिङ सेन्टरको पनि भ्रमण गर्नेछन्। सिक्किम भ्रमणका दौरान उहाँलाई राज्य अतिथिको दर्जा प्रदान गरिएको छ।










