गान्तोक: एक्वाएक्स इन्डिया र राष्ट्रिय मत्स्य विकास बोर्ड, लखनउको संयुक्त आयोजनामा आगामी १२ र १३ जुन २०२६ मा उत्तरपूर्व भारतको प्रमुख मत्स्य तथा जलकृषि प्रदर्शनी गुवाहाटीस्थित मणिराम देवान व्यापार केन्द्रमा आयोजना हुने भएको छ।
आयोजक पक्षका अनुसार उक्त प्रदर्शनीमा सिक्किम, अरुणाञ्चल प्रदेश, मिजोरम, मणिपुर, नागाल्यान्ड, त्रिपुरा, असम तथा मेघालयसहित उत्तरपूर्व क्षेत्रका सबै राज्यहरूको सहभागिता रहनेछ।
प्रदर्शनीमार्फत मत्स्य पालन तथा जलकृषि क्षेत्रसँग सम्बन्धित नवीन प्रविधि, उत्पादन, अनुसन्धान तथा व्यवसायिक सम्भावनाबारे जानकारी आदानप्रदान गरिने बताइएको छ। साथै यसले उत्तरपूर्व क्षेत्रका किसान, उद्यमी तथा सम्बन्धित सरोकारवालाहरूलाई साझा मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।










