: राेम: स्टार टेनिस खेलाड़ी यानिक सिनरले इतिहास रच्दै इटालियन ओपन टेनिस टुर्नामेण्टको खिताब जिते। रोमको प्रतिष्ठित फोरो इटालिकोमा खेलिएको फाइनलमा विश्वका नम्बर १ खेलाड़ी सिनरले नर्वेका कास्पर रुडलाई सीधा सेटमा ६-४, ६-४-ले पराजित गरे। यस जीतको साथ सिनर गत ५० सालमा इटालियन ओपनको खिताब जित्ने इटलीका पहिलो खेलाड़ी बनेका छन्। यसअघि १९७६-मा एड्रिआनो पनाटाले खिताब जितेका थिए। सिनरको यो जीत केवल घरेलु खिताबसम्म सीमित रहेन। उनी नोवाक जोकोविचपछि सबै ९ वटा एटीपी मास्टर्स १००० टुर्नामेण्ट जित्ने दोस्रो खेलाड़ी बनेका छन्। जोकोविचले २०१८-मा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी २४ वर्षीय सिनरले कम्ती उमेरमै उनको रेकर्डको बराबरी गरे। सिनर अहिले असाधारण फर्ममा रहेका छन्। उनले लगातार २९औं म्याच जिते अनि यस साल क्ले कोर्टमा उनको रेकर्ड १७-० रहेको छ। उनले अन्तिमपल्ट फरवरीमा कतर ओपनको अवधि जेकुब मेन्सिकविरुद्ध हारको सामना गर्नु परेको थियो। अहिले सबै टेनिसप्रेमीहरूको नजर आउँदो हप्ता शुरु हुने फ्रेञ्च ओपनमा रहेको छ, जहाँ सिनरलाई खिताब जित्ने प्रबल दावेदार मानिएको छ। रोलाँ ग्यारो एकमात्र ग्राण्ड स्ल्याम हो, जहाँ सिनरले खिताब जित्न सकेका छैनन्। फाइनल म्याचको अवधि रोमको सेण्ट्रल कोर्ट सम्पूर्ण रूपले सिनरको समर्थनमा देखियो। अधिकांश समर्थकहरू नै सुन्तले रंगको टीशर्ट लगाएर आएका थिए, जसलाई सिनरको सिग्नेचर कलर मानिन्छ। म्याचको अवधि पूरा समय स्टेडियममा सिनरको नामको नारा गुञ्जियो। इटलीका राष्ट्रपति सर्जियो माटारेला पनि म्याच हेर्न स्टेडियममा उपस्थित थिए। खिताब जितेपछि सिनरले भने, ५० सालपछि यो ट्रफी इटलीमा रह्यो। यो म अनि पूरा देशको निम्ति खास क्षण हो।
दुईपल्ट फ्रेञ्च ओपनको उपविजेता रहिसकेका रुडले म्याचमा असल शुरुवात गरेका थिए। उनले शुुरुवातमा बढ़त पनि हासिल गरेका थिए तर सिनरले पनि असाधारण पुनरागमन गर्दै म्याचलाई नियन्त्रणमा ल्याए। दोस्रो सेटमा शक्तिशाली ब्याकह्याण्ड विनरको साथ सिनरले खिताब जिते। यसको साथै सिनरले रुडविरुद्ध आफ्नो करियर रेकर्ड ५-० पुऱ्याए। म्याचपछि रुडले भने, यस साल तपाईंको (सिनरको) प्रदर्शनलाई शब्दमा बयान गर्नु मुश्किल छ। इतिहास रचेकोमा बधाई। यसबीच पुरुष युगलमा पनि इटलीको जोड़ीले खिताब जित्दा देशको निम्ति दिन खास बन्न गयो। सिमोन बोलेली र एण्ड्रिया वावासोरीको जोड़ीले पुरुष युगलको फाइनलमा मार्सेल ग्रानोलर्स र होरासियो जेबालोसको जोड़ीलाई ७-६ (८), ६-७ (३), १०-३-ले पराजित गऱ्यो। यसरी १९६० पछि इटालियन ओपनमा पहिलोपल्ट इटलीको कुनै जोड़ीले पुरुष युगलको खिताब जित्यो।










