दिपावली कपः अफ्रिकी खेलाड़ीहरूका दममा

IMG_20221015_192604.jpg

सेमिफाइनलमा पुग्यो एमएमएफसी निरपानी

१५ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शनिवार एमएमएफसी निरपानीले जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा अफ्रिकी मूलका खेलाड़ीहरू लिएर मैदानमा ओर्लिने एमएमएफसी निरपानीले बिजनबारी फूटबल क्लब (बीएफसी)-लाई ६-३-ले पराजित गऱ्यो। म्याचमा ह्याट्रिक गर्ने विजेता टीमका स्टेफनलाई प्लेयर अव् द म्याच चयन गरियो।

एमएमएफसी निरपानीले आइतवार खेलिने सेमिफाइनलमा रेड हर्स (इलाम, नेपाल)-को चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement