यूएफा च्याम्पियन्स लीगः आर्सनल र एट्लेटिको म्याड्रिडबीच म्याच १-१-ले ड्र

photocollage_2026430134438569

म्याड्रिड: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा एट्लेटिको म्याड्रिडले घरेलु परिस्थितिहरूको फाइदा उठाउन सकेन। टुर्नामेण्टको सेमिफाइनलअन्तर्गत पहिलो लेगको म्याचमा स्पेनिश क्लब एट्लेटिको म्याड्रिडलाई आर्सनलले १-१-को ड्र-मा रोक्यो। एक दिन अघि मात्र बायर्न म्यूनिख र पेरिस सेण्ट जर्मेन (पीएसजी)-बीच ९ गोलको रोमाञ्चक लड़ाइँ देख्न पाइएको थियो तर बुधवार अबेर राति खेलिएको म्याचमा चाहिँ दुवै टोलीलाई अधिक संयमको साथ खेलिरहेको देखियो। आफ्नो होम ग्राउण्ड रियाद मेट्रोपोलिटानो स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिड मध्यान्तरसम्म १ गोलले पछि रहेको थियो। मध्यान्तरको ठीक अघि भिक्टर ग्योकेरेसलाई एट्लेटिको म्याड्रिडका डिफेण्डर डेविड हेन्कोले बक्सभित्र लड़ाउँदा आर्सनललाई पेनल्टी प्राप्त भयो। त्यही मौकालाई काममा लगाएर ग्योकेरेसले आर्सनललाई ४४औं मिनटमा बढ़त दिलाए। एट्लेटिको म्याड्रिडले पनि म्याचमा बराबरी हासिल गर्न अधिक समय लिएन। आर्सनलका बेन व्हाइटले मार्कोस लोरेण्टेको शट्मा बक्सभित्र ह्याण्डबल गर्दा एट्लेटिको म्याड्रिडलाई पेनल्टी हासिल भयो। पहिला त रेफरीले होम टीमको अपीलमा कुनै चासो देखाएका थिएनन् तर भीएआर-का सहायता लिएर उनले आफ्नो फसेला बदलिए। त्यही मौकामा स्टार फरवर्ड जूलियन अल्वारेजले गोल गरी एट्लेटिको म्याड्रिडलाई ५६औं मिनटमा १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि केही मौकाहरूमा एट्लेटिकोलाई भाग्यले पनि साथ दिएन अनि एण्टोनी ग्रीजम्यानको शट् बारमा लागेर फर्कियो। यसरी आर्सनललाई पनि अन्ततिर पेनल्टी हासिल भएको थियो तर भीएआर रिभ्यू-को माध्यमले त्यसलाई रद्द गरियो। आर्सनल र एट्लेटिको म्याड्रिडबीच सेमिफाइनलको दोस्रो लेग ६ मईमा प्रीमियर लीग क्लबको होम ग्राउण्डमा खेलिनेछ। यसरी बायर्न म्यूनिख र पीएसजी-बीच दोस्रो लेगको म्याच ७ मईमा हुनेछ।

About Author

Advertisement