‎‎आईसीसी अध्यक्षद्वारा माइनिङमा इन्डोर क्रिकेट एकेडेमीको निरीक्षण

FB_IMG_1777320812232

गान्तोक: अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले आज उद्घाटनअघि रम्फूको माइनिङमा इन्डोर क्रिकेट एकेडेमीको निरीक्षण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले, २८ अप्रेलमा गान्तोकबाट उक्त इन्डोर क्रिकेट एकेडेमीको भर्चुअल रूपमा उद्घाटन गर्नेछन्।
रम्फूको उक्त एकेडेमीका साथै पूर्वोत्तरका अन्य पॉंच राज्य अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र नागाल्याण्डका एकेडेमीहरूको पनि भर्चुअल रूपमा उद्घाटन गरिने छन्। बीसीसीआईद्वारा विकसित यो सुविधा उत्तरपूर्वमा क्रिकेट पूर्वाधारलाई सुदृढ पार्ने व्यापक पहलको एक हिस्सा हो।
सिक्किममा एकेडेमी सिक्किम क्रिकेट मैदानको परिसर भित्र स्थापना गरिएको छ। यसमा इन्डोर नेट, पूर्ण रूपमा सुसज्जित व्यायामशाला, स्विमिङ पूल र खेलाडी विकास बढाउने उद्देश्यले सहयोगी पूर्वाधार सहित आधुनिक प्रशिक्षण सुविधाहरू छन्।
निरीक्षणका क्रममा जय शाहसँगै बीसीसीआईका उपाध्यक्ष राजीव शुक्ला, बीसीसीआईका मानार्थ सहसचिव प्रभतेज सिंह भाटिया, सिक्किम क्रिकेट संघका अध्यक्ष टीका सुब्बा, संघका सदस्यहरू आदि उपस्थित थिए।
सिक्किम क्रिकेट संघका अनुसर, २०२४ मा शुरु गरिएको यस परियोजनाले यस क्षेत्रमा वर्षभरि प्रशिक्षण सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ लामो समयसम्म मनसुन अवस्थाका कारण बाहिरी अभ्यासका अवसरहरूलाई सीमित हुन्छ।

About Author

Advertisement