आईपीएलको निम्ति दिल्ली क्यापिटल्समा सामेल हुन तयार मिचेल स्टार्क

IMG-20260423-WA0072

नयाँ दिल्ली: पेस बलर मिचेल स्टार्कलाई क्रिकेट अष्ट्रेलिया (सीए)-ले प्रतिस्पर्धी क्रिकेट खेल्ने अनुमति दिएको छ। सीए-बाट मञ्जुरी हासिल भएपछि स्टार्क अब आईपीएल २०२६-मा दिल्ली क्यापिटल्सको हिस्सा बन्न तयार छन्। कुहिना र काँधको समस्याहरूले गर्दा अहिलेसम्म आईपीएलबाट बाहिर रहने स्टार्क चाँड़ै दिल्ली क्यापिटल्समा सामेल हुनसक्छन्। उनले १ मईमा राजस्थान रोयल्सविरुद्ध म्याचमा दिल्लीको प्रतिनिधित्व गर्ने प्रबल सम्भावना रहेको छ। ईंग्ल्याण्डविरुद्ध एशेज सीरीजको ५ वटा टेस्ट अनि बिग ब्याश लीग खेल्दा स्टार्कलाई काँध र कुहिनाको चोटले सताएको थियो। स्टार्कले एशेज सीरीजमा सबै ५ वटा टेस्ट म्याच खेलेर प्लेयर अव् द सीरीजको पुरस्कार पनि जितेका थिए। आईपीएलबाट बाहिर रहँदा सोशल मीडियामा धेरैले उनको आलोचना पनि गरेका थिए। यसबारे केही समय अघि उनले सोशल मीडियामा आफ्नो पक्ष राखेका थिए। स्टार्कको आगमनले दिल्ली क्यापिटल्सको बलिंग मजबूत हुने तय छ कारण यस दिग्गज खेलाड़ीमा अपार अनुभव रहेको छ। दिल्ली क्यापिटल्स अहिले ६ वटा म्याचमा ३ वटा जीत र ३ वटा हारको साथ ६ पोइण्ट्स लिएर आईपीएल पोइण्ट्स टेबलमा पाँचौं स्थानमा रहेको छ।

About Author

Advertisement