नेताजीलाई ‘राष्ट्र पुत्र’ घोषणा गर्न माग गरिएको याचिका खारेज

Subhash-Chandra-Bose-0_1672429845941_1706021859990

​नयाँ दिल्ली: सुप्रीम कोर्टले स्वतन्त्रता सेनानी नेताजी सुभाष चंद्र बोसलाई ‘राष्ट्र पुत्र’ घोषित गर्न र उनको जन्मदिनलाई राष्ट्रिय दिवस मनाउन माग गरिएको जनहित याचिका खारेज गरिदिएको छ। प्रधानन्यायाधीश सूर्यकान्तको इजलासले सोमबार उक्त फैसला सुनाउँदै याचिकाकर्तालाई अदालतको समय बर्बाद नगर्न कडा निर्देशन समेत दिएको छ।
​याचिकामा नेताजीको ‘आजाद हिन्द फौज’ ले भारतलाई स्वतन्त्रता दिलाएको आधिकारिक घोषणा गरिनुपर्ने माग राखिएको थियो। तर, यस्ता विषयहरू न्यायिक समीक्षाको दायराभन्दा बाहिर रहेको र उचित सरकारी निकाय समक्ष लैजानुपर्ने अदालतको ठहर छ। न्यायाधीशले याचिकाकर्तालाई पब्लिसिटी (प्रचार) को भोको रहेको टिप्पणी गर्दै भविष्यमा यस्ता तुच्छ मुद्दाहरू लिएर आएमा भारी जरिवाना लगाउने चेतावनी दिनुभयो। “अब यहाँबाट जानुहोस्, नत्र हामी जरिवाना लगाइदिन्छौँ,” इजलासमा प्रधानन्यायाधीशले भन्नुभयो। अदालतले आफ्नो रजिस्ट्रीलाई समेत उक्त याचिकाकर्ताको यस्तै प्रकृतिका अन्य निवेदनहरू दर्ता नगर्न निर्देशन दिएको छ।

About Author

Advertisement