आईपीएल २०२६-मा जीतको खाता खोल्न सफल भयो केकेआर

IMG-20260419-WA0077

काेलकत्ता: आईपीएल २०२६-मा काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले अन्तमा गएर आफ्नो पहिलो जीत हासिल गऱ्यो। आइतवार खेलिएको म्याचमा केकेआर-ले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गऱ्यो। ईडन गार्डन्समा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। त्यसपछि केकेआर-ले १९.४ ओभरमा ६ विकेटमा १६१ रन बनाएर म्याच जित्यो। केकेआर-को शुरुवात निराशाजनक रह्यो अनि टीमले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। टीमको स्कोर ८५ रन पुग्दा ६ विकेटको पतन भइसकेको थियो। शीर्ष क्रममा कप्तान अजिंक्य रहाणे र टिम साइफर्टले खाता नै खोलेनन्। यसरी अंगकृष रघुवंशी १०, रमनदीप सिंह १०, क्यामरन ग्रीन २७ र रोवम्यान पावेल २३ रन बनाएर आउट भए। त्यहाँबाट रिंकू सिंहले अनुकूल रोयसँग सातौं विकेटको निम्ति ३७ बलमा ७६ रनको अटूट पार्टनरशीप गरी टीमलाई जिताए। रिंकूले ३४ बलमा ५ वटा चौका र २ वटा छक्काको सहायताले अविजित ५३ रन बनाए। यसरी अनुकूलले २ वटा छक्का र एउटा चौकाको सहायताले १६ बलमा अविजित २९ रन बनाए। राजस्थानका बलरहरूमा रविन्द्र जडेजाले ८ रन खर्च गरी २ विकेट लिए। यसअघि राजस्थानले ओपनरद्वय यशस्वी जयसवाल र वैभव सूर्यवंशीले दिलाएको असल शुरुवातलाई काममा लगाउन सकेन। यी दुईजनाले पहिलो विकेटको निम्ति ८.४ ओभरमा ८१ रनको पार्टनरशीप गरे पनि पछिबाट लगातार विकेटको पतन हुँदा टीमले १५५ रन मात्र बनाउन सक्यो। सूर्यवंशीले ६ वटा चौका र २ वटा छक्काको सहायताले २८ बलमा ४६ रन बनाए। यसरी जयसवालले ४ वटा चौका र २ वटा छक्काको सहायताले २९ बलमा ३९ रन बनाए। यी दुईबाहेक शिमरोन हेटमायरले १५ र कप्तान रियान परागले १२ रनको योगदान दिए। केकेआर-का बलरहरूमा कार्तिक त्यागी र वरुण चक्रवर्तीले ३-३ विकेट हासिल गरे।

About Author

Advertisement