नयाँ दिल्ली: इरानले शुक्रबार एक महत्वपूर्ण घोषणा गर्दै विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण ‘होरमुज जलडमरूमध्य’ (Strait of Hormuz) सबै व्यावसायिक जहाजका लागि पुनः खुला गरेको छ। इजरायल र लेबनानबीच भएको युद्धविराम (सीजफायर) पछि इरानले यो कदम चालेको हो।
इरानी विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामको पालना भइरहँदा यो जलमार्ग पूर्ण रूपमा खुला रहने जानकारी दिएका छन्। विश्वको तेल व्यापारको ठूलो हिस्सा यही मार्ग भएर गुज्रिने भएकाले यसलाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो राहतको रूपमा हेरिएको छ।
यस निर्णयको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई ‘धन्यवाद’ समेत दिएका छन्। केही समयदेखि यस क्षेत्रमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्ति र ढुवानीमा समस्या आउने त्रास बढेको थियो।









