प्रिमियम ब्रान्ड ‘एजोर्ट’को पहिलो स्ट्यान्डअलोन स्टोर खुल्यो
कोलकाता: भारतको प्रतिष्ठित व्यावसायिक समूह रिलायन्स रिटेलले आफ्नो प्रिमियम फेसन तथा लाइफस्टाइल ब्रान्ड ‘एजोर्ट’ (Azorte)लाई कोलकाताको एल्गिन रोडमा विस्तार गरेको छ। देशभरको सफल यात्रापछि कम्पनीले कोलकातामा आफ्नो पहिलो स्ट्यान्डअलोन हाई-स्ट्रीट स्टोरको भव्य शुभारम्भ गरेको हो।
१० हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको यो दुई तले रिटेल स्पेसले आधुनिक फेसन र प्रविधिको एउटा नयाँ मानक स्थापित गर्ने दाबी गरिएको छ। उक्त स्टोरको उद्घाटन चर्चित अभिनेत्री मिमी चक्रवर्ती र एजोर्टका सीईओ नितिन सहगलले संयुक्त रूपमा गरे।
के छ स्टोरमा खास?
यस आउटलेटमा विमेन्सवेयर, मेन्सवेयर, किड्सवेयर र एसेसरीजको विशेष कलेक्सन राखिएको छ। विशेषगरी युवा पुस्ता (जेन-जेड) लाई लक्षित गरी अन्तर्राष्ट्रिय ट्रेन्ड र भारतीय स्वादको मिश्रण यहाँ देख्न सकिन्छ।

स्टोरलाई प्रविधिमैत्री बनाउन कम्पनीले विशेष जोड दिएको छ। सपिङ अनुभवलाई सहज बनाउन यहाँ निम्न सुविधाहरू उपलब्ध छन्:
स्मार्ट ट्रायल रूम:
जसले ग्राहकलाई लुगाको फिटिङ र म्याचिङका लागि सुझाव दिनेछ।
सेल्फ चेक-आउट काउन्टर: लाइनमा नबसी छिटो बिलिङ गर्न मिल्ने सुविधा।
आरएफआईडी र क्यूआर कोड: उत्पादनको उपलब्धता र जानकारी तुरुन्तै पाउन सकिने।
सेलिब्रेटीको आकर्षण र कम्पनीको रणनीति:
उद्घाटनका क्रममा अभिनेत्री मिमी चक्रवर्तीले स्टोरको कलेक्सन एक्सप्लोर गर्दै फ्यानहरूसँग कुराकानी गरेकी थिइन्। सो क्रममा उनले एजोर्टको फेसन आधुनिक र आरामदायी भएको बताइन्।
एजोर्टका सीईओ नितिन सहगलले कोलकाताको बजारमा ग्रोथको ठूलो सम्भावना रहेको बताए। उनले भने, “परम्परा र आधुनिकताको सहर कोलकाता सुरुदेखि नै हाम्रो विस्तार योजनाको महत्त्वपूर्ण हिस्सा थियो। फेसनमार्फत आफूलाई अभिव्यक्त गर्न चाहने ग्राहकका लागि यो स्टोर उत्कृष्ट गन्तव्य बन्नेछ।”

यससँगै भारतभर एजोर्टको स्टोर संख्या ४२ पुगेको छ। कोलकाताको भवानीपुरस्थित एल्गिन रोडमा रहेको यो स्टोर बिहान १० बजेदेखि राति १० बजेसम्म ग्राहकका लागि खुला रहने कम्पनीले जनाएको छ।








