काठमाडौं: नेपाल सरकारले पेट्रोलियम पदार्थको अभाव र आपूर्ति संकट कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले आगामी सातादेखि शनिबार र आइतबार देशभरका सरकारी कार्यालयहरूमा बिदा लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने, “पेट्रोलियम पदार्थको खपत घटाउन र विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न दुई दिने बिदाको व्यवस्था गरिएको हो। यो चैत २३ गतेदेखि लागु हुनेछ।”
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै आन्तरिक आपूर्ति पनि चुनौतीपूर्ण बनेको कारण सरकारले इन्धन बचतका लागि यो कदम चाल्दैछ। यसअघि सातामा केवल शनिबार बिदा दिइँदै आएको थियो।
नयाँ व्यवस्था अनुसार प्रत्येक हप्ताको शनिबार र आइतबार
सरकारी कार्यालय बिहान ९ बजे देखि बेलुका ५ बजे लाग्नेछ्न तर
शैक्षिक संस्थाहरूमा यो व्यवस्था लागू हुने छैन।
सरकारले कार्यालय समय विस्तार गरेर सेवा प्रवाह बिहानै सुरु गर्ने व्यवस्था गरेको छ ताकि दुई दिने बिदाले सेवाग्राहीमा असर कम होस्। विज्ञहरूले बढ्दो व्यापार घाटा र इन्धन आयात नियन्त्रणका लागि सातामा दुई दिने बिदा आवश्यक भएको सुझाव दिँदै आएका थिए।










