एनजेपी क्षेत्रमा हतियारसहित एक युवक पक्राउ

Screenshot_20260404_011213_Facebook

सिलगढी: सिलगढीको एनजेपी क्षेत्रमा पुलिसले एक युवकलाई अवैध हतियार र गोलीसहित पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको पहिचान शान्तिपारा निवासी कार्तिक रोयका रूपमा गरिएको छ।
पुलिस स्रोतका अनुसार अभियुक्तले बिक्रीका लागि देशी कटुवा पेस्तोल र एक राउण्ड गोली ल्याएको आशंका गरिएको छ। गोप्य सूचनाका आधारमा पुलिसले अम्बिकानगर रेल अन्डरपास क्षेत्रमा विशेष अभियान सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा अभियुक्तको साथबाट उक्त हतियार बरामद भएपछि उनलाई तत्कालै पक्राउ गरिएको पुलिसले जनाएको छ।
पुलिसले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका युवकलाई शुक्रबार जलपाइगुडी अदालतमा पेश गरिएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।

About Author

Advertisement