गुवाहाटी: आईपीएल २०२६-को आफ्नो पहिलो म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)-ले राजस्थान रोयल्सविरुद्ध ८ विकेटले निराशाजनक हारको सामना गर्नु पऱ्यो। हताशाजनक शुरुवातपछि पनि सीएसके-का कप्तान रुतुराज गायकवाड़ सकारात्मक मिजासमा छन्। म्याचपछि रुतुराजले भने, सीजनको शुरुवातमै गल्तीहरू हुनु नराम्रो कुरा होइन। यसबाट टीमले सिक्ने मौका पाउँछ। यस हारले टीमको मनोबलमा खराब असर गर्ने छैन अनि हामी आउँदो म्याचहरूमा असल प्रदर्शन गर्न चाहन्छौं। म्याचको परिस्थितिहरूबारे कुरा गर्दै सीएसके-का कप्तानले भने, सत्य कुरा के हो भने म धेर निराश छुइनँ। शुरुवातमा परिस्थितिहरू मुश्किल थियो। विशेषगरी जोफ्रा आर्चर र नान्द्रे बर्गरविरुद्ध ब्याटिंग गर्नु सजिलो थिएन। स्पिनरहरूलाई पनि अतिरिक्त सहायता प्राप्त भइरहेको थियो। हामीले अझ राम्रो ब्याटिंग गर्न सक्थ्यौं अनि म्याचलाई अन्तसम्म लैजान सक्थ्यौं। यस्तो गरेको भए १५०-१६० सम्म पुग्न सक्थ्यौं तर अहिले कुन स्कोर असल हुनेछ भन्ने थाहा हुँदैन। उल्लेखनीय छ, म्याचमा सीएसके-को ब्याटिंग सम्पूर्ण रूपले फ्लप रह्यो। पावरप्ले-मा टीमले ३ विकेट गुमाएर केवल ४१ रन बनाउन सक्यो। यसले गर्दा टीम शुरुवातमै दबाउमा आयो। शीर्ष क्रममा प्रमुख ब्याटरहरू सबै भटाभट आउट भए पनि पूरा ईनिंग्समा एउटा पार्टनरशीप पनि ४० रनसम्म पुग्न सकेन। अन्तमा त्यही हारको मुख्य कारण बन्यो। लगातार विकेटको पतनले गर्दा टीमले म्याचलाई नियन्त्रणमा राख्न सकेन।









