कप्तान रहाणेको विवादित बयानपछि अघि आयो क्रिकेट अष्ट्रेलियाको प्रतिक्रिया

IMG-20260330-WA0077

मुम्बई: आईपीएल २०२६-मा कप्तान अजिंक्य रहाणेको बयानले नयाँ विवाद सृष्टि गरेको छ। मुम्बई इण्डियन्सविरुद्ध निराशाजनक हारपछि रहाणेसँग टीम र आईपीएलका सबैभन्दा महँगो खेलाड़ी क्यामरन ग्रीनलाई किन १ ओभर पनि बलिंग गराइएन भनी प्रश्न सोधियो। रहाणेले पनि यसको निम्ति क्रिकेट अष्ट्रेलियालाई जिम्मेवार बताउँदै यसको जवाफ उनीहरूले नै दिन सक्ने बताए। यसको लगत्तै पछि क्रिकेट अष्ट्रेलियाको पनि प्रतिक्रिया आउँदा विवाद बढ़ेको छ। म्याचमा मुम्बई इण्डियन्सले २२१ रनको ठूलो लक्ष्यलाई पनि सजिलै हासिल गऱ्यो। केकेआरसँग बलिंगमा सीमित विकल्प बाँचेको थियो तर पनि अलराउण्डर ग्रीनले १ ओभर पनि बलिंग नगर्दा प्रश्न उठेको छ। रहाणेको बयानपछि क्रिकेट अष्ट्रेलियाले तुरन्त प्रतिक्रिया दिँदै यस मामिलामा केकेआरलाई अगावै सूचित गरिएको बताएको छ। क्रिकेट अष्ट्रेलियाका प्रवक्ताले भनेका छन्, क्यामरन ग्रीनको ढाड़को तल्लो हिस्सामा चोट रहेको छ, जसलाई म्यानेज गरिँदैछ। यसैकारण उनलाई केही समयको निम्ति बलिंगदेखि टाढ़ा राखिएको छ। ग्रीनले भारतमा आफ्नो कार्यभारलाई अलि-अलि गर्दै बढ़ाइरहेका छन् अनि १०-१२ दिनमा बलिंग गर्न तयार हुने आशा छ। यसबारे केकेआरलाई अगावै सूचित पनि गरिएको थियो। उल्लेखनीय छ, ग्रीनलाई गत वर्ष भएको लिलामीमा केकेआरले रेकर्ड २५.२० करोड़ रुपियाँमा खरीद गरेको थियो अनि अहिले उनी बलिंगदेखि टाढ़ा रहँदा टीमलाई झट्का लागेको छ। टीमले अगावै हर्षित राणा र आकाश दीपलाई चोटले गर्दा गुमाइसकेको छ। मथीशा पथिराना चोटसँग जुझिरहेका छन् जबकि मुस्ताफिजुर रहमानलाई टीमले रिलीज गर्नु परेको थियो। यसैकारण टीमको पेस बलिंग आक्रमण कमजोर भएको छ। अहिले ग्रीन केवल विशेषज्ञ ब्याटरको रूपमा खेल्नेछन्।

About Author

Advertisement