पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतको दार्जिलिङ भ्रमण: कार्यकर्तामा उत्साह

FB_IMG_1774704107019

दार्जिलिङ: दार्जिलिङ क्षेत्रका सांसद राजु विष्टले पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतलाई आफ्नो क्षेत्र भ्रमणका क्रममा स्वागत गरे।
सांसद बिष्टले मन्त्री शेखावतप्रति कृतज्ञता व्यक्त गर्दै उनले व्यस्त समयका बाबजुद क्षेत्रको भ्रमण गरी स्थानीय जनतासँग भेटघाट गरेकोमा आभार व्यक्त गरे। उनले मन्त्रीको उपस्थितिले सम्पूर्ण कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिएको बताए।
सांसद बिष्टका अनुसार मन्त्री शेखावतको भ्रमणले क्षेत्रको पर्यटन तथा सांस्कृतिक विकासमा सकारात्मक सन्देश दिएको छ। साथै, यसले स्थानीय जनताको मनोबल उच्च बनाउनुका साथै आगामी विकास कार्यहरूमा थप प्रेरणा प्रदान गरेको उल्लेख गरियो।

About Author

Advertisement