सिक्किमका मुख्यमन्त्री र असमका राज्यपाल बीच सिलगढीमा भेटघाट

FB_IMG_1774696545729

सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले असमका राज्यपाल लक्षमण प्रसाद आचार्यसँग सिलगढीमा भेटघाट गरे। राज्यपाल आचार्य दैनिक जागरणद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुन सिलगढी पुगे।
मुख्यमन्त्री तमाङले उक्त भेटप्रति खुशी व्यक्त गर्दै राज्यपाल आचार्यसँगको पुनः भेटघाटले आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए। उनले आफ्नो सन्देशमा उल्लेख गरे अनुसार, आचार्यले सिक्किमका राज्यपालका रूपमा कार्यभार सम्हाल्दा सरकार तथा जनताका लागि मार्गदर्शक र अभिभावकको भूमिका निर्वाह गरे।
मुख्यमन्त्रीले आचार्यको दूरदर्शिता, आत्मीयता तथा सार्वजनिक सेवाप्रतिको दृढ प्रतिबद्धताले सबैमा गहिरो प्रभाव पारेको पनि उल्लेख गरे। साथै भेटघाटका क्रममा दुवै नेताबीच सौहार्दपूर्ण तथा फलदायी छलफल भएको जनाए।
अन्त्यमा मुख्यमन्त्री तामाङले राज्यपाल आचार्यको सुस्वास्थ्य तथा आगामी जिम्मेवारीहरूमा सफलताको कामना व्यक्त गरे।

About Author

Advertisement