नयाँ दिल्ली: आईपीएल २०२६-को शुरुवात २८ मार्चदेखि हुनेछ। गुजरात टाइटन्सको निम्ति गत सीजनमा बी. साई सुदर्शनले असाधारण प्रदर्शन गरेका थिए। उनले टुर्नामेण्टमा सर्वाधिक रन बनाएर ओरेञ्ज क्याप जितेका थिए। यसपाली नयाँ सीजनमा उनी अष्ट्रेलियाका दिग्गज ब्याटर म्याथ्यू हेडनबाट टेस्ट क्रिकेटको ब्याटिंग सिक्न चाहन्छन्। सुदर्शनले आफ्नो सफलताको श्रेय टीमको संस्कृतिलाई दिए। साई सुदर्शनले भने, मैले एउटा नयाँ पहिचान बनाएको छु अनि अब त्यस जिम्मेवारीलाई निर्वाह गर्नु पर्नेछ। मैले गत सीजनबाट यही शिक्षा लिएको छु। टीमलाई जिताउनको निम्ति हामीले आफ्नो सर्वश्रेष्ठ दिनु पर्नेछ। अहिले धेरै काम बाँका छ अनि यस साल पनि म असल तरिकाले आफ्नो काम गर्न चाहन्छु। गुजरातको निम्ति ओपनिंग गर्दै म र शुभमन गिल म्याचलाई अन्तसम्म लैजान अनि म्याच जित्न चाहन्थे। मेरो विचारमा सबैभन्दा ठूलो मोड़ दिल्ली क्यापिटल्सविरुद्ध म्याचमा आयो। हामी दुईजनाले कुनै विकेट नगुमाइ म्याच समाप्त गरेका थियौं। त्यस म्याचपछि मनमा आत्मविश्वास आयो। मेरो विचारमा त्यही टर्निंग पोइण्ट थियो।
कप्तान शुभमन गिलसँग ब्याटिंग गर्ने अनुभवबारे सुदर्शनले भने, मैले शुभमनबाट धेरै कुराहरू सिक्ने मौका पाए। चार सालममा मैले उनीसँग धेरै पार्टनरशीपहरू गरे। अलग-अलग परिस्थितिहरूमा कसरी असल खेल्न सकिन्छ भन्ने विषयमा हामीबीच धेरै कुराकानी भयो। उल्लेखनीय छ, अष्ट्रेलियाका पूर्व दिग्गज ब्याटर म्याथ्यू हेडनलाई आईपीएल २०२६-को निम्ति गुजरात टाइटन्सको ब्याटिंग प्रशिक्षक बनाइएको छ। यसबारे सुदर्शनले भने, हामीबीच अधिक कुराकानी भएको छैन तर जति पनि भयो त्यो निक्कै चाखलाग्दो रह्यो। म उनको अनुभवको फाइदा उठाउन चाहन्छु। उनी अष्ट्रेलियाका महान खेलाड़ीहरूमा एक रहेका छन् अनि म टेस्ट म्याचहरूका निम्ति उनीबाट सल्लाह लिन चाहनेछु।








