नयाँ दिल्ली: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंप का हस्ताक्षर अब छिट्टै अमेरिकी मुद्रा (डलर) मा देखिने भएका छन्। सन् १८६१ मा डलर सुरु भएयता पहिलोपटक वर्तमान राष्ट्रपतिको हस्ताक्षर नोटमा राखिने भएको हो।
अमेरिकी वित्त मन्त्रालयले देशको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा यस्तो निर्णय गरेको जनाएको छ। अधिकारीहरूका अनुसार यो कदम ट्रंपको नेतृत्व र आर्थिक नीतिको प्रतीकका रूपमा लिइएको छ।
यससँगै ट्रंपको तस्वीर अंकित २४ क्यारेट सुनको स्मारक सिक्काको डिजाइन पनि स्वीकृत भइसकेको छ।









