सिलगढीमा श्रीराम नवमी शोभा यात्रा भव्य रूपमा सम्पन्न

FB_IMG_1774613840961

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्ट सिलगढीमा आयोजित श्रीराम नवमी शोभा यात्रामा सहभागी भए। शोभा यात्रा मल्लागढीस्थित हनुमान मन्दिरबाट सुरु भई शहरको मुख्य भाग हुँदै सिलगढी जङ्सन, सेवक मोडलगायत विभिन्न स्थान पार गर्दै हिन्दी उच्च विद्यालयमा पुगेर सम्पन्न भयो।
सांसद विष्टले भगवान श्रीराम धर्म र सत्यको प्रतीक हुन भनि बताए। उनले श्री रामको जीवनले अन्याय तथा अधर्म चाहे जति नै शक्तिशाली किन नहोस् सँधै धर्मको मार्गमा हिँड्न र अन्याय तथा अधर्मका विरुद्ध डटेर उभिन प्रेरणा दिन्छ भने।

यस पावन अवसरमा सांसदले शोभा यात्राको सफल आयोजनाका लागि आयोजकहरू तथा सिलगढीका सबै समुदाय र सबै उमेर समूहका सहभागीप्रति हार्दिक आभार व्यक्त गरे। साथै सांसदले यसरी सबैको एकताले यो पर्व अझ उल्लासपूर्ण बनेको जनाउँदै भगवान श्रीरामको आशीर्वादले सबैको घरमा शान्ति, समृद्धि र सुख ल्याओस् भन्ने कामना व्यक्त गरे।

About Author

Advertisement