मानव-वन्यजन्तु सहअस्तित्व सुदृढ बनाउन संसदमा जोड, दार्जिलिङ र पूर्वी हिमालय क्षेत्रमा विशेष ध्यान

Screenshot_20260325_222622_Facebook

नयाँ दिल्ली: राज्यसभा संसदमा आज सांसद हर्षबर्धन श्रृंगलाले मानव–वन्यजन्तु सहअस्तित्वको दृष्टिकोणलाई सुदृढ बनाउने आवश्यकता अत्यन्तै जरुरी भएको बताए। उनले यो दायित्व भारतको सभ्यतागत मूल्यहरूसँग गहिरो रूपमा जोडिएको र विकसित राष्ट्रतर्फको यात्रामा महत्वपूर्ण रहेको उल्लेख गरे।
प्राप्त जानकारी अनुसार सांसद श्रृंगलाले राज्यसभामा देशभर विकासको गति तीव्र बन्दै जाँदा हाम्रो प्रगति संवेदनशील र सहानुभूतिपूर्ण हुनुपर्नेमा उनले जोड दिए। निर्माण गरिने भौतिक संरचनाहरू वन्यजन्तुहरूको आवागमनमा अवरोध नबनोस् भन्ने सुनिश्चित गर्नुपर्ने उनले बताए। साथै सदियौँदेखि यस भूमिमा मानवसँगै सहअस्तित्वमा रहेका वन्यजन्तुहरूको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
उनका अनुसार दार्जिलिङ र पूर्वी हिमालय क्षेत्रजस्ता भूभागका लागि यो दायित्व झन् महत्वपूर्ण छ। यी क्षेत्रहरू विश्वकै महत्वपूर्ण जैविक विविधता क्षेत्रमध्ये पर्दछन्, जहाँ विभिन्न दुर्लभ प्रजातिका वन्यजन्तु र वनस्पतिहरू पाइन्छन्।
अन्त्यमा उनले “प्रकृति रक्षति रक्षित:” भन्ने सन्देश दिँदै, जब हामी प्रकृतिको संरक्षण गर्छौं, तब प्रकृतिले पनि हाम्रो रक्षा गर्छ भन्ने विचार व्यक्त गरे।

About Author

Advertisement