बेन डकेटको आईपीएलबाट हट्ने फसेलाले दिल्ली क्यापिटल्सलाई झट्का

IMG-20260325-WA0053

नयाँ दिल्ली: दिल्ली क्यापिटल्सलाई आईपीएल २०२६ सीजन शुरु हुन अघि ठूलो झट्का लागेको छ। ईंग्ल्याण्डका स्टार ब्याटर बेन डकेटले टुर्नामेण्टबाट हट्ने फसेला गरेका छन्। डकेटलाई दिल्ली क्यापिटल्सले गत वर्ष भएको लिलामीमा २ करोड़ रुपियाँमा खरीद गरेको थियो तर उनी अहिले घरमा समय बिताउन अनि टेस्ट क्रिकेटको निम्ति फर्म हासिल गर्नमा ध्यान केन्द्रित गर्न चाहन्छन्। आईपीएलको नियमहरू अनुसार अब डकेटमाथि २ सालको प्रतिबन्ध लाग्न सक्छ। यसरी ईंग्ल्याण्डका क्रिकेटरले अब २०२७ र २०२८ आईपीएल सीजनमा हिस्सा लिन सक्नेछैनन्। डकेटले भनेका छन्, यो कठिन निर्णय थियो अनि म दिल्ली क्यापिटल्सका सबैसँग माफी माग्न चाहन्छु। लिलामीमा आफ्नो नाम दर्ता गर्दा मलाई यो एउटा असाधारण अवसर हुने लागेको थियो अनि दिल्ली जस्तो फ्रेञ्चाइजीले मलाई चयन गर्नु अद्भूत थियो। म धेरै खुशी थिएँ। यो विश्वको सर्वश्रेष्ठ प्रतियोगिता हो, जसमा सर्वश्रेष्ठ खेलाड़ीहरूले हिस्सा लिन्छन्। उल्लेखनीय छ, आईपीएल २०२५ अघि नियमहरूमा बद्लाउ गरिएको थियो। नयाँ नियमहरू अनुसार, कुनै विदेशी खेलाड़ीले लिलामीमा चयन गरिएपछि लीगबाट कुनै वैध कारण बिना नाम फिर्ता लिए २ सालको प्रतिबन्ध लाग्नेछ। आईपीएलको शासकीय निकाय अनुसार, कुनै प्रकारको चोट या मेडिकल आपात स्थितिमा मात्र खेलाड़ीहरूलाई नाम फिर्ता लिने या घर फर्किने अनुमति रहनेछ। डकेट गत केही समयदेखि असल फर्ममा छैनन् अनि एशेज सीरीजमा पनि उनले संघर्ष गर्नु परेको थियो। यसैकारण उनलाई आईसीसी टी२० वर्ल्ड कपको निम्ति पनि ईंग्ल्याण्ड टीममा स्थान प्राप्त भएन। डकेटले एशेज सीरीजको ५ वटा टेस्ट म्याचको १० वटा ईनिंग्समा केवल २०२ रन बनाएका थिए। यस अवधि उनले एउटा अर्द्धशतक पनि बनाएका थिएनन्। डकेटले भनेका छन्, मेरो निम्ति फेरि आईपीएल खेल्नु मेरो उमेर (३१ वर्ष)-लाई ध्यानमा राखेर मुश्किल हुनसक्छ तर मलाई एकदिन दिल्लीको प्रतिनिधित्व गर्न सक्ने आशा छ। मैले यसबारे धेरै सोचेको छु अनि यो मेरो करियरको निम्ति सही फसेला साबित हुने मलाई विश्वास छ।

About Author

Advertisement