खरसाङ: भारतीय जनता पार्टीको अनुसूचित जाति मोर्चा राज्य सदस्य एवं दार्जिलिङ जिल्ला अध्यक्ष कमल गजमेरद्वारा राजिनामा दिइएको छ। उनले आफ्नोे राजीनामा विषयमा प्रेस विज्ञप्ति जारी गर्दै भने, भारतीय जनता पार्टीमाथि जुन आस्था र भरोसा लिएर यतिका वर्षसम्म आफ्नो बहुमूल्य समय दिए। त्यसको उचित सम्मान र मूल्याङ्कन हुन नसकेको अनि केवल चुनाउको समयमा मात्र महत्व दिने प्रवृत्तिले गर्दा अबउसो यस पार्टीभित्र रहेर कार्य गर्न असमर्थ रहेको बताएका छन्। उनले अघि भने, जुन दलमा सम्मान र मूल्याङ्कन हुँदैन त्यो दलभित्र थाक्रो भएर बस्नुभन्दा टाढा रहेको नै उचित ठान्दछु भन्दै भाजपा अनुसूचित जाति मोर्चा, पश्चिम बंगाल राज्य सदस्य एवम् भाजपा समर्थन मञ्च दार्जीलिङ जिल्ला समिति अध्यक्ष खरसाङ निवासी राजेश गजमेरले आफ्नो पद अनि पार्टीको साधरण सदस्यताबाट राजीनामा दिएका छन्।











