उपवास: फाइदा, सावधानी र सही तरिका

Intermittent-Fasting-Diet-Plan-img

धार्मिक आस्था र स्वास्थ्य लाभका कारणले धेरै मानिसले उपवास गर्ने गर्छन्। सही तरिकाले गरिएको उपवासले शरीरलाई फाइदा पुर्‍याउँछ, तर गलत तरिकाले वा बिरामी अवस्थामा गरिएको उपवास हानिकारक हुन सक्छ।
उपवासका फाइदा:
ऋतु परिवर्तनको समयमा उपवास गर्दा मौसमी रोगहरूबाट बच्न मद्दत मिल्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र भोक सहने क्षमता पनि विकास गर्छ। साथै पाचन प्रणालीलाई आराम मिल्छ।
कसले उपवास गर्नु हुँदैन~
निम्न रोग भएका व्यक्तिहरूले उपवास गर्नु हुँदैन:
अल्सर
पीलिया
रक्तअल्पता (अनीमिया)
बान्ता-दस्त
उच्च रक्तचाप
मधुमेह
मुटु रोग
यी अवस्थामा खाली पेट बस्दा रोग झन् बढ्न सक्छ।
गर्भवती महिलाका लागि चेतावनी:
गर्भवती महिलाले उपवास गर्नु हुँदैन। यस समयमा शरीरलाई थप पोषण (भिटामिन, प्रोटिन, क्याल्सियम) आवश्यक हुन्छ। उपवासले बच्चाको विकासमा असर पार्न सक्छ।
निर्जला उपवासबाट बच्नुहोस्
पानी नखाई गरिने उपवासले पेट र कलेजोमा समस्या ल्याउन सक्छ। शरीरमा पानीको कमी हुन सक्छ, त्यसैले उपवासका बेला पर्याप्त तरल पदार्थ लिनु आवश्यक छ।
बालबालिका र वृद्धका लागि सावधानी:
१४ वर्षभन्दा कम उमेरका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धहरूले उपवास नगर्नु राम्रो हुन्छ। यस उमेरमा शरीरलाई पर्याप्त पोषण चाहिन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन सक्छ।
उपवासपछि खानपानमा ध्यान दिनुहोस्
उपवास तोड्दा:
नुन र चिनी मिसाएको कागती पानी पिउनुहोस्
भारी र मसालेदार खाना नखानुहोस्
हल्का खाना (दाल, भात, तरकारी) लिनुहोस्
केही दिनसम्म सादा खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ
एक्कासी धेरै खाना खाँदा एसिडिटी, पेट दुख्ने, बान्ता जस्ता समस्या हुन सक्छन्।

About Author

Advertisement