अष्ट्रेलियाबाट स्वदेश फर्कियो ईरानको महिला फूटबल टीम

IMG-20260319-WA0052

तेहरान: एएफसी महिला एशियन कपमा हिस्सा लिन अष्ट्रेलिया जाने ईरान महिला फूटबल टीम स्वदेश फर्किएको छ। मीडिया रिपोर्टहरू अनुसार, टीमका खेलाड़ीहरू पहिला तुर्की पुगे अनि त्यहाँबाट बसको माध्यमले सीमा पार गरी ईरानमा प्रवेश गरे। ईरानमा अधिकारीहरूले टीमलाई स्वागत जनाए। ईरान टीमका सबै खेलाड़ीहरू चाहिँ स्वदेश फर्किएनन्। फातेमेह पसंदिदेह र अतीफेह रमेजानिसादेहले अष्ट्रेलियामै बस्ने फसेला गरेकी छन्। यी दुईजना खेलाड़ीले अहिले ब्रिसबेन रोअर क्लबसँग अभ्यास गरिरहेकी छन् अनि उनीहरू आफ्नो करियरलाई त्यही अघि बढ़ाउन चाहन्छिन्। ईरानमाथि अमेरिका र इज्रायलको हमलापछि स्थिति तनाउनपूर्ण बनेको छ। यसबीच टीमकी केही खेलाड़ीहरूले शुरुवातमा अष्ट्रेलियामै शरण लिने इच्छा व्यक्त गरेकी थिइन् तर समयको साथ उनीहरूले आफ्नो फसेला बदलिन् अनि स्वदेश फर्किने निर्णय लिइन्। ईरानको टीम २८ फरवरीमा एशियन कपको निम्ति अष्ट्रेलिया पुगेको थियो अनि त्यसको ठीक पछि देशमा स्थिति बिग्रिन थालेको थियो। ईरानमा जारी बमबारीले गर्दा टीमको स्वदेश फर्किने योजनाहरूमाथि अनिश्चितता कायम रहेको थियो। ईरानका उपराष्ट्रपति मोहम्मद रेजा आरेफले खेलाड़ीहरूकी सुरक्षालाई लिएर उठिरहेको चिन्ताहरूलाई खारेज गरेका छन्। उनले भने, देशले आफ्ना नानीहरूलाई स्वागत जनाउनेछ अनि सरकारले उनीहरूका सुरक्षाको ग्यारण्टी दिन्छ। यसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ खेलाड़ीहरूकी सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका थिए।

About Author

Advertisement