ब्रिगेड परेड मैदानमा हुने भाजपा विशाल जनसभाको तयारी निरीक्षण

FB_IMG_1773412377338

कोलकाता: आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालमा परिवर्तनको लक्ष्यसहित १४ मार्चमा ऐतिहासिक ब्रिगेड परेड मैदानमा भारतीय जनता पार्टीले विशाल जनसभा आयोजना गर्ने भएको छ। सो सभालाई सम्बोधन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम रहेको छ।
प्राप्त जानकारी अनुसार बंगाल भाजपा अध्यक्ष शुभेन्दु अधिकारीले सभाको तयारीलाई मध्यनजर गर्दै आज ब्रिगेड परेड मैदानमा मुख्य मञ्च तथा सभास्थल तयारीको निरीक्षण गरे।

उनले संजाल मार्फत कुराकानी गर्दै भाजपाले पश्चिम बंगालमा विकास, सुरक्षा तथा सुशासन स्थापना गर्ने उद्देश्यसहित आगामी चुनावमा परिवर्तन ल्याउने लक्ष्य राखेको जनाए। साथै पार्टीले २०२६ को निर्वाचनलाई लक्षित गर्दै “परिवर्तन” नै मुख्य लक्ष्य बनाइएको जानकारी गराए।

About Author

Advertisement