भोलि विश्वकपको फाइनलको महाआमना-सामना, सिलगढीमा विशाल पर्दामा प्रत्यक्ष प्रसारण

FB_IMG_1772904486079

सिलगढी: भोलि साँझ ६ बजेदेखि सिलगढीको बाघाजतिन पार्कमा विश्वकपको फाइनल खेल विशाल पर्दामार्फत प्रत्यक्ष प्रसारण गरिने छ भनि सिलगढी नगरनिगमका चेयरम्यान गौतम देवले जनाए।
आयोजक पक्षले दिएको जानकारीअनुसार पुरुष विश्वकप २०–२० क्रिकेट प्रतियोगिताको सन् २०२६ को फाइनल खेल दर्शकहरूका लागि विशेष रूपमा विशाल पर्दामा देखाइने व्यवस्था गरिएको छ। यस कार्यक्रममार्फत क्रिकेट प्रेमीहरूले एकै ठाउँमा भेला भएर फाइनल खेलको रोमाञ्च अनुभव गर्न सक्नेछन्।
यसैबीच कार्यक्रम अघि तयारीको अवस्था बुझ्नका लागि चेयरम्यानले कार्यक्रम स्थलको स्थलगत निरीक्षण गरे। निरीक्षणका क्रममा आवश्यक व्यवस्थापन, सुरक्षा तथा दर्शकहरूको सुविधालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न निर्देशन दिइएको बताए। साथै आयोजकहरूले भोलिको फाइनल खेल हेर्नका लागि ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरे।

About Author

Advertisement