भद्रपुर (झापा): प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह निर्वाचित भएका छन्। उनले ६८,३४८ मत प्राप्त गरेका छन्, जसको सूचना निर्वाचन अधिकृतको कार्यालयले दिएको छ।
यस क्षेत्रका अन्य प्रमुख प्रतिस्पर्धीहरू मध्ये नेकपा (एमाले) का केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गरेका छन्। श्रम संस्कृती पार्टीका समिर तामाङ्गले ९,२३३ मत र नेपाली कांग्रेसकी मंधरा चिमरियाले १,८२१ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद संग्रौलाले १,५३६ मत प्राप्त गरे।
यस क्षेत्रमा कुल १,६३,३७९ मतदाता रहेकोमा १,०६,५६८ मत खसेको थियो।








