ओभर स्पीडिंगको मामिलामा एमएस धोनीको नाममा चलान

IMG-20260304-WA0129

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व कप्तान एमएस धोनी क्रिकेट नभएर अन्य एउटा कारणले गर्दा चर्चामा आएका छन्। धोनीले ट्राफिक नियमहरू पालन नगर्दा जरिमाना तिर्नु परेको छ। राँचीमा ओभर स्पीडिंगको मामिलामा उनीमाथि १००० रुपियाँको जरिमाना लगाइएको छ। शहरको अटोमेटेड ट्राफिक मनिटरिंग सिस्टनमा उनको गाड़ी निर्धारित गतिभन्दा तेज कुदिरहेको पायो। त्यसपछि मोटल व्हीकल एक्टअन्तर्गत ई-चलान जारी गरियो। यो मामिला त्यति गम्भीर नभए पनि धोनी जस्तो ठूलो नाम जोड़िएकको हुनाले खबर चर्चामा आएको छ। यो घटना धोनीकै घरको नजिकमा दर्ता गरियो। मामिलाको पुष्टि भएपछि मोटर व्हीकल एक्टको धारा १८३-अन्तर्गत डिजिटल चलान काटियो। धोनीलाई साधारणत सादगीपूर्ण जीवन अनि नियमहरूलाई पालन गर्ने व्यक्तिको रूपमा चिनिन्छ। यसैकारण यस घटनाले धेरैलाई चकित बनाएको छ। यस कानूनी चर्चाहरूबीच धोनीको ध्यान अहिले क्रिकेटमा रहेको छ। उनी चेन्नई सुपर किंग्ससँग आईपीएल २०२६-को तयारीहरूमा जुटिसकेका छन्। पाँचपल्टको च्याम्पियन टीम गत सीजनको निराशाजनक प्रदर्शनपछि पुनरागमन गर्ने लक्ष्य लिएर तयारीमा जुटेको छ। गत सीजनमा चेन्नई सुपर किंग्स १४-मा १० वटा म्याच हारेर लीग टेबलको फेदमा रहेको थियो।

About Author

Advertisement