कोपेनहेगन (डेनमार्क): आधुनिक ओलम्पिक खेलहरूको पहिलो पदक डेनमार्कको एउटा लिलामीमा लगभग १ करोड़ ८ लाख यूरोको रेकर्ड बोलीमा बिक्री भयो। ब्रून रासमुसेन आट्र्स अक्शनियर्स-द्वारा आयोजित लिलामीमा यस पदकलाई लिलामीको निम्ति राखिएको थियो, जुन १८९६-मा एथेन्समा आयोजित भएको विश्वको पहिलो आधुनिक ओलम्पिक खेलहरूमा प्रदान गरिएको थियो। ती खेलहरूमा पहिलो स्थानमा रहने खेलाड़ीलाई रजत पदक दिइन्थ्यो जबकि दोस्रो स्थानमा रहनेलाई काँस्य पदक प्रदान गरिन्थ्यो। स्वर्ण पदक पछिबाट ओलम्पिक खेलहरूमा प्रदान गर्न थालिएको थियो। ख्यातिप्राप्त फ्रान्सीसी कलाकार जूल्स-क्लेमेण्ट चेपलेनद्वारा डिजाइन गरिएको यो पदक शास्त्रीय प्रतीकहरूले समृद्ध छ। पहिलो आधुनिक ओलम्पिकमा १४ वटा देशका २४१ जना एथलीटले हिस्सा लिएका थिए, जसले ९ वटा खेलहरूको ४३ वटा स्पर्धाहरूमा हिस्सा लिएका थिए। लिलामीमा पदकको निम्ति धेरैले बोली लगाए पनि अन्तमा १ करोड़ ८ लाख यूरोको रेकर्ड बोलीमा बिक्री भयो।









